Below Menu
Below Menu

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने 

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने 

काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड ३४ लाख ५ हजार ४२५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ ।


 

Advertisment

थप समाचार