काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दिने भएको ५ भने सावधिक तथा आजिवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म रूपैयाँ बोनसदर रहेको छ ।
त्यस्तै कम्पनीको अग्रिम भुक्तानी योजना सावधिक जीवन बीमालेख र बाल अमृत सावधिक जीवन बीमालेख र अग्रिम भुक्तानी आजिवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँ बाेनस दर कायम गरिएकाे छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment