काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर २५ गते बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।
Advertisment