काठमाडौं : हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १.५ प्रतिशत अर्थात ३६ करोड ८३ लाख ९७ हजार २०१ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि २ प्रतिशत अर्थात ४९ करोड ११ लाख ९६ हजार २६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २१ गते, सोमबार १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।
यसका साथै साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।