Below Menu
Below Menu

नेप्से परिसूचक २५ सय बिन्दुमा झर्यो, कारोबार रकम चार अर्बमा समेटियो 

नेप्से परिसूचक २५ सय बिन्दुमा झर्यो, कारोबार रकम चार अर्बमा समेटियो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कुमारी बैंकको प्रमोटर शेयरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । सिटि होटल्स लिमिटेडको शेयरमूल्य ६.२६ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार