Below Menu
Below Menu

पाँच सहकारीले पाए प्राधिकरणबाट सञ्चालन इजाजतपत्र

पाँच सहकारीले पाए प्राधिकरणबाट सञ्चालन इजाजतपत्र

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पाँच वटा सहकारी संस्थाले सञ्चालन इजाजतपत्र पाएको छ। प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको थियो ।

‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरेको १४ दिनपछि प्राधिकरणले मंसिर २४ गते पहिलो इजाजत कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थालाई इजाजतपत्र दिएको थियो ।

हालसम्म ललितपुरको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि., चितवनको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि., रामेछापको चिसापानी गढी बचत तथा ऋण सहकारी संस्था लि र काठमाडौंको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालन इजाजत प्राप्त गरेको प्राधिकरणका निर्देशक भिम बहादुर बुढाले वित्तीय पोस्टलाई जानकारी दिए।

हालसम्म १४६२ सहकारीहरुले सिस्टमा इन्ट्री प्रक्रिया सुरु गरेको प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए । जसमध्ये १७२ सहकारीले सम्पूर्ण प्रक्रिया पुरा गरेको र सञ्चालन इजाजतपत्र जारी गर्ने प्रक्रियामा रहेको उनले बताए।

Advertisment

थप समाचार