सुपर मादी हाइड्रोपावरले ‘ताङतिङ इन्भेष्टमेन्ट’लाई गाभ्ने, शेयर रोक्का

सुपर मादी हाइड्रोपावरले ‘ताङतिङ इन्भेष्टमेन्ट’लाई गाभ्ने, शेयर रोक्का

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले ताङतिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउने औपचारिक निर्णय गरेको छ।

सुपर मादी हाइड्रोपावर मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्राप्ति प्रक्रिया अघि बढाउने र यसका लागि दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो।

उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाइने जनाइएको छ। ताङतिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरधनी मात्र रहेको र यो सूचीकृत संस्था नभएको समेत जनाएको छ । 

प्राप्ति प्रक्रिया अगाडि बढेकाले नियमानुसार हुने शेयर रोक्का गरिएको समेत सूचनामा उल्लेख छ । 

थप समाचार