Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य सुधार, तीन अर्ब ४४ करोडमा खुम्चियो कारोबार 

नेप्से परिसूचकमा सामान्य सुधार, तीन अर्ब ४४ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपाल रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ६.९५ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार