सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 

 सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर २९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.१७८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार