काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २९ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । स्वेत गंगा हाइड्रोपावर कन्टक्सन कम्पनीको शेयरमूल्य ४.१६ प्रतिशतले घटेको छ ।
Advertisment