काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बीमा कम्पनीसहित तीन कम्पनीको सवा ७७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल, एशियन लाइफ र प्रभु इन्स्योरेन्सको ७७ लाख २६ हजार २७५ दशमलव ४ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाथवे इन्भेष्टमेन्ट नेपालको १२ प्रतिशत बोनसपछिको ३३ लाख ९७ हजार ६८० कित्ता र प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनसपछिको २५ लाख ९४ हजार ६७८ दशलमव ५२ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यसतं एशियन लाइफ इन्स्योरेन्सको ५.१ प्रतिशत बोनसपछिको १७ लाख ३३ हजार ९१६ दशलमव ५२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment