शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : शिखर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।