काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५. ७० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब पाँच करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब २९ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
Advertisment