नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेपाल इन्स्योरेन्सद्वारा  लाभांश घोषणा

काठमाडौं : नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।