Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.७० अंकले बढेर २६२५.७० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९४कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब पाँच करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बाराही हाइड्रोपावर पब्लिक कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपाल रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य ४.७६ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार