Below Menu
Below Menu

एमालेमा विजयी भएका १९ पदाधिकारी को-को ?

एमालेमा विजयी भएका १९ पदाधिकारी को-को ?

काठमाडौं : नेकपा एमालेकोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् । यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा भने छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेतले बाजी मारेका छन् ।

Advertisment

थप समाचार