Below Menu
Below Menu

बुटवल पावर कम्पनीको लाभांश प्रस्ताव, पुस २८ गते बोलायो साधारणसभा 

बुटवल पावर कम्पनीको लाभांश प्रस्ताव, पुस २८ गते बोलायो साधारणसभा 

काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते, ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा दिउँसो २ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको करसहित ६ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले गत आर्थिक वर्षमा विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त हुने ४ सञ्चालकहरुको पदपूर्तिका लागि निर्वाचन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्मका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार