काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने चार करोड सात लाख ६९ हजार २३० दशमलव ४८ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०ं५२६३ प्रतिशतका दरले हुन आउने २१ लाख ४५ हजार ७४८ दशमलव ९७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।
हाल संस्थाको चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४ रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार ५३४ रुपैयाँ पुग्नेछ ।
Advertisment