काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुन आउने एक करोड ७५ लाख ७१ हजार ३६६ दशमलव २६ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले हुन आउने ९ लाख २४ हजार ८०८ दशमलव ७५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।
हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ पुग्नेछ ।
Advertisment