Below Menu
Below Menu

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने तीन करोड १९ लाख १० हजार ४७३ दशलमव ६२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुन आउने १६ लाख ७९ हजार ४९८ दशलमव ६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

हाल संस्थाको चुक्ता पुँजी २२ करोड ३९ लाख ३३ हजार १४८ रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी २५ करोड ७५ लाख २३ हजार १२० रुपैयाँ पुग्नेछ । 

Advertisment

थप समाचार