Below Menu
Below Menu

लाभांश पारित गर्न युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं : युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २७ गते, १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने दुई करोड ३० लाख ४१ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले हुन आउने ११ लाख ९८ हजार १४२ दशमलव ४० रुपैयाँ बराबरको नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार