Below Menu
Below Menu

२५ सय बिन्दुमा झर्यो शेयर बजार, चार अर्ब ५२ करोडमा समेटियो कारोबार 

२५ सय बिन्दुमा झर्यो शेयर बजार, चार अर्ब ५२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.६६ अंकले घटेर २६१५.०३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपाल रहेका छन् । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार