Below Menu
Below Menu

सर्पोट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

सर्पोट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ६ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले हुन आउने एक करोड १६ लाख ३२ हजार १२७ दशलमव ६५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले हुन आउने छ लाख १२ हजार २१७ दशलमव २५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार ४४८ रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी १३ करोड ४०लाख ७५ हजार ५७६ रुपैयाँ पुग्नेछ । 

Advertisment

थप समाचार