Below Menu
Below Menu

नेपाल स्टक एक्सचेञ्जले ८५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 

नेपाल स्टक एक्सचेञ्जले ८५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, ४४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड यु.एन.आई शान्तिमार्ग काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८५ प्रतिशतका दरले हुन आउने ८५ करोड रुपैयाँ बराबरको करसहित नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार