Below Menu
Below Menu

नेप्से परिसूचकमा निरन्तर पहिरो, कारोबार रकम साढे तीन अर्बमा झर्यो 

नेप्से परिसूचकमा निरन्तर पहिरो, कारोबार रकम साढे तीन अर्बमा झर्यो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लुम्बिनी विकास बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज मानुषी लघुव्त्ति वित्तीय संस्थाको शेयरमूल्य ६.८४ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार