मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुन आउने छ करोड ७४ लाख दुई हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले हुन आउने ३५ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । 

थप समाचार