Below Menu
Below Menu

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले २० प्रतिशत लाभांश दिने, पुस ३० गते डाक्यो साधारणसभा 

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले २० प्रतिशत लाभांश दिने, पुस ३० गते डाक्यो साधारणसभा 

काठमाडौं : नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १२ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १०.५३ प्रतिशतका नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार