Below Menu
Below Menu

शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार ? 

शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार ? 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य ७.०१ प्रतिशतले बढेको हो । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५.९७ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार