Below Menu
Below Menu

नेपाल दूरसञ्चार कम्पनीको लाभांश घोषणा

नेपाल दूरसञ्चार कम्पनीको लाभांश घोषणा

काठमाडौं :  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते, १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्फत काठमाडौँम बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisment

थप समाचार