Below Menu
Below Menu

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम तीन अर्ब २२ करोड 

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम तीन अर्ब २२ करोड 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य ५.३२ प्रतिशतले बढेको हो । आज ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.२३ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार