काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाल्पा सिमेण्ट इन्डष्ट्रिज लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न बुधबार स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।
उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
Advertisment