Below Menu
Below Menu

बुडोल सामुदायिक साकोसको ज्येष्ठ सदस्य तीर्थाटन: सम्मान, शान्ति र सद्भावको यात्रा

बुडोल सामुदायिक साकोसको ज्येष्ठ सदस्य तीर्थाटन: सम्मान, शान्ति र सद्भावको यात्रा

 

काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ६० वर्ष उमेर पूरा गरेका सदस्यहरूको सहभागितामा काठमाडौंको तारकेश्वरस्थित शान्तिधामको दर्शन गराउँदै एकदिने तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको वार्षिक कार्ययोजना अनुसार महिला तथा सामाजिक–सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा २७५ जना सदस्यको सहभागिता थियो। कार्यक्रममा सहभागी सदस्यहरूका लागि धार्मिक प्रवचन, भजन–कीर्तन तथा भोजनको व्यवस्था गरिएको थियो।

सदस्यहरूलाई केवल आर्थिक कारोबारका साझेदार मात्र नभई परिवारका सदस्यजस्तै मानेर सम्मान गर्ने मान्यताअनुसार कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

ज्येष्ठ सदस्यहरूको मानसिक शान्ति, आपसी भेटघाट र सामाजिक सद्भाव बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाका व्यवसाय प्रवर्धन विभाग प्रमुख उमेश आचार्यले जानकारी दिए। संस्थाले विगत तीन वर्षदेखि ६० वर्ष उमेर पूरा गरेका सदस्यहरूलाई लक्षित गरी यस्ता तीर्थाटन कार्यक्रम गर्दै आएको प्रमुख आचार्यले बताए । 

बुडोल सामुदायिक साकोसले आर्थिक गतिविधिसँगै सामाजिक र मानवीय जिम्मेवारी पनि सँगसँगै पूरा गर्नु नै सहकारीको मूल भावना भएको सन्देश यस कार्यक्रममार्फत दिएको छ।

Advertisment

थप समाचार