काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मिड सोलु हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशतले बढेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment