Below Menu
Below Menu

इन्फोडेभलपर्ससहितको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट

इन्फोडेभलपर्ससहितको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट

बुटवल : इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र सुरक्षित प्रविधि प्रयोग सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक रुपन्देहीका निर्देशक रमेश आचार्यले उद्घाटन गर्दै वर्तमान प्रविधिको युगलाई आत्मसाथ नगरी सहकारीहरू अघि बढ्न नसक्ने स्पष्ट पारे । काममा छरितोपन, पारदर्शिता र मितव्ययिता कायम गर्न प्रविधिले ठूलो सहयोग पुर्‍याएको उल्लेख गर्दै उनले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बोल्दै इन्फोडेभलपर्स प्रा।लि का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रजय नेपालले सहकारी क्षेत्रको डिजिटल रूपान्तरण आजको अपरिहार्य आवश्यकता भएको बताए। अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको लक्ष्यअनुसार पनि सहकारी गतिविधिहरूलाई पूर्ण डिजिटल प्रणालीतर्फ अघि बढाउनु अत्यन्त जरुरी रहेको उनको भनाइ थियो । उनले केवल प्रविधि प्रयोग गर्नु मात्रै पर्याप्त नहुने भन्दै डाटा सुरक्षा, डिजिटल सचेतना र जिम्मेवार प्रयोग विना दिगो डिजिटल रूपान्तरण सम्भव नहुने स्पष्ट पारे।

२४ वर्षदेखि डिजिटल क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको इन्फोडेभलपर्स प्रा.लि.ले नेपालसहित म्यानमार र भुटानमा समेत सेवा प्रदान गर्दै आएको जानकारी दिइयो । नेपालमा मात्रै यस कम्पनीले नेपाल सरकारका ४५ भन्दा बढी एजेन्सी, ५० भन्दा बढी बैंक तथा १ हजार  २ सयभन्दा बढी सहकारीहरूलाई सेवा प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रममा विकू सहकारीका सीईओ माधव पौडेल, जनउत्थान सहकारीका सीईओ रन बहादुर थापा, साइबर सुरक्षा विज्ञ बासुदेव राउत तथा नेपाल बैंक लिमिटेडका म्यानेजर सन्तोष शर्माले आ-आफ्ना धारणा राखेका थिए।

सो अवसरमा लामो समयदेखि कम्पनीको सफ्टवेयर तथा सेवा प्रयोग गर्दै आएका २१ वटा सहकारी संस्थालाई अंकुर इन्फोटेक प्रा.लि.का प्रबन्ध निर्देशक रमेश पाण्डे, निर्देशकहरू माधव पराजुली र सन्जिव मानन्धरले सम्मान गरेका थिए।

कार्यक्रमको सञ्चालन डा. आविष्कार पराजुलीले गरेका थिए भने जिल्ला सहकारी संघ, रुपन्देहीका महासचिव दामोदर पंगेनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै, इन्फोडेभलपर्सका निर्देशक अरबिन्द प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा विभिन्न सहकारीका सञ्चालक समिति सदस्य, प्रबन्धक तथा कर्मचारी गरी ४ सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । 

Advertisment

थप समाचार