काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको पाँच लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment