काठमाडौं : साताको दोस्रो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment