काठमाडौं : फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्ष सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । उनी खस–आर्य समूहको दोस्रो नम्बर सूचीमा समावेश भएका हुन् ।
खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसायमा सक्रिय ढकाल युवामाझ परिचित युवा समाजसेवीसमेत हुन् । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका बताइएको छ ।
पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा पनि सक्रिय ढकालको व्यवस्थापनमा ‘इला कम्फर्ट’ होटलहरू सञ्चालनमा छन् । साथै उनी युवाको सशक्तिकरण, खेलकुद प्रवर्द्धन तथा पर्यटन विकासका विभिन्न गतिविधिमा निरन्तर संलग्न रहँदै आएका छन् ।
Advertisment