Below Menu
Below Menu

बाजुरामा अत्याधिक चिसो, पानी जमेर बरफ

बाजुरामा अत्याधिक चिसो, पानी जमेर बरफ

बाजुरा : बाजुरामा अत्याधिक जाडोले पानी जमेर बरफ भएको छ । अत्याधिक चोसोका कारण पानी जमेर बरफमा परिणत भएको हो ।
हरेक बर्ष झैं यो बर्ष पनि बाजुरामा अत्याधिक जाडो महसुस गरिएको छ । यहाँका ९ वटै स्थानीय तहका हरेक गाउँघरमा पानीका धारा, ताल तलाउ र खोलामा पानी जमेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले स–साना खोल्सा, तलाउ, धाराको पानीमा बरफ जम्न थालेको हो । बाजुराका नौं वटै स्थानीय तहमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ ।

पानीका मुहान, धारा, स–साना तालमा पानी जमेर बरफ हुन थालेको बडीमालिकाका स्थानीय कविराज पण्डितले बताए । विहान र बेलुकीपख अत्याधिक जाडोले जताततै पानी जमेर बफरमा परिणत हुने गरेको पण्डितले जानकारी दिए।

त्यस्तै उत्तरी भेगमा पनि तापक्रम माइनसमा झरेकाले पानी बरफमा परिणत हुन थालेको बाजुराको पाण्डुसैनका स्थानीय अमर कठायले बताए । दिउँसो घाम लागेको बेला पनि जमेको पानी बिलाउने नसक्ने अवस्था रहेको उनले जानकारी दिए ।

अत्याधिक जाडोले यहाँका बालबालिका लगायत बृद्धबृद्धालाई स्वास्थ्य समस्या हुनुका साथै दैनिक अस्पतालमा विरामीको चाप बढ्ने गरेको छ । जाडोले विहान बेलुकी कामकाज समेत प्रभावित बन्ने गरेको छ ।

यस बर्ष हिउँदे बर्षा र हिमपात नहुँदा अत्याधिक जाडोको महशुस गरिएको छ । मंसिर पुस र माघ तीन महिना यहाँ अत्याधिक हिमपात हुनुका साथै तापक्रम माइनसमा हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले बरफ जम्न थालेको हो।

Advertisment

थप समाचार