Below Menu
Below Menu

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, माघ ९ गते बोलायो साधारणसभा 

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, माघ ९ गते बोलायो साधारणसभा 

काठमाडौं : सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ ९ गते १० औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा क्रिस्टल ब्याङक्वेट मानभवन ललितपुरमा बिहान १०ः४५ बजे शुरुहुने छ । सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने, सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले गत आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलीलगायतका प्रस्तावित संशोधनहरुका सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisment

थप समाचार