Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि सुधार

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि सुधार

काठमाडौं : साताको चोथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३. ७६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ग्रिन भेन्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

Advertisment

थप समाचार