काठमाडौं : नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्। आगामी पुस २५ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा उप्रेतीको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन्।
निर्वाचन समितिका अनुसार बिहीबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने अन्तिम समय तोकिएको थियो। उक्त समयसीमाभित्र अन्य कसैको पनि दाबी नपरेपछि वर्तमान कार्यसमितिका महासचिवसमेत रहेका उप्रेती आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
Advertisment