काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.८३ अङ्कले घटेर २६२०.९२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज ग्लोबल आईएमई समुन्नत योजनाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment