Below Menu
Below Menu

सुपर मादी हाइड्रोपावरको लकइन पिरियड माघ २१ गते सकिने, करिब दुई करोड कित्ता शेयर थपिदै

सुपर मादी हाइड्रोपावरको लकइन पिरियड माघ २१ गते सकिने, करिब दुई करोड कित्ता शेयर थपिदै

काठमाडौं : सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ २१ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि एक करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले एक करोड ८७ लाख ४२ हजार ५०० कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणण लागि छुट्याएको शेयरमध्ये ४४ हजार १०० कित्ता कर्मचारीहरुका लागि र ११ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार