Below Menu
Below Menu

सञ्चालक वीरबहादुर रावतलाई निलम्बन गर्ने नेफ्स्कून बोर्डको निर्णय, छानबिन समिति गठन

सञ्चालक वीरबहादुर रावतलाई निलम्बन गर्ने नेफ्स्कून बोर्डको निर्णय, छानबिन समिति गठन

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को बोर्ड बैठकले सञ्चालक वीरबहादुर रावत भोटेलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

Sponsored Advertisement

आज बसेको नेफ्स्कूनको भर्चुअल बोर्ड बैठकले सञ्चालक रावतलाई निलम्बन गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

संघकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा सञ्चालक समितिका सदस्य नवराज अर्याल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सपकोटा रहेका छन्। समितिले घटनाको विस्तृत रिपोर्ट तयार गरी बोर्डमा पेश गर्नेछ।

थप समाचार