काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.७३ बढेर २६३९.३७ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा पाँच अर्ब एक करोड ७५ लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, सागर डिष्ट्रिलरी, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज, रु रु जलविद्युत परियोजना र बन्दिपुर केवलकार एण्ड टुरिजम कम्पनी रहेका छन्। यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेञ्चरको शेयरमूल्य २.४९ प्रतिशतले घटेको छ ।
Advertisment