काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.९३ बढेर २६४९.३० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २८.७३ बढेर २६३९.३७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा जीवन विकास लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो । आज रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।
Advertisment