Below Menu
Below Menu

स्वास्थ्य बीमामा नीतिगत सुधार र सेवा विस्तारः बोर्डद्वारा मंसिर मसान्तसम्मको प्रगति सार्वजनिक

स्वास्थ्य बीमामा नीतिगत सुधार र सेवा विस्तारः बोर्डद्वारा मंसिर मसान्तसम्मको प्रगति सार्वजनिक

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्त सम्ममा भएका उपलब्धिहरु सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी बोर्डले उक्त उपलब्धिहरु सार्वजनिक गरेको हो ।

Sponsored Advertisement

कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा बोर्डमार्फत संचालित सम्पूर्ण क्रियाकलापको संचालनको अवस्था ,सूचक अनुसारको उपलब्धि, बीमा कार्यक्रमको पैरवी, कार्यक्रम संचालन गर्दा देखा परेका समस्याहरु तथा बोर्डको प्रयत्न गरेको नविनतम् सुधारका विषयहरुबारे जानकारी दिने प्रयत्न आफूहरुले गरेको बताए ।

उनले स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन भई देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु प्रयोजनका लागि कम्तिमा सेवा प्रदायक स्वास्थ्य संस्था हुनुपर्ने नीतिगत सुधार गरिएको जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन भई देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु प्रयोजनका लागि कम्तिमा सेवा प्रदायक स्वास्थ्य संस्था हुनुपर्ने नीतिगत सुधार गरिएको छ । दावी भुक्तानी तथा समिक्षा सम्बन्धी कार्यविधि संशोधन भई रियल टाइम क्लेम लगायत अन्य प्रावधान कायम भएको छ ।’

त्यस्तै आठ प्रकारका कडा रोगको हकमा विरामिले उपयोग गर्नेगरी थप १ लाख सम्मको सेवा प्रदान गरिएको पनि उनले जानकारी दिए ।
बोर्डको अनुसार यसै वर्ष गरिव पहिचान तथा कार्यक्रममा प्राथमिकताकासाथ आवद्धताका लागि कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

यसैगरी,कार्यान्वयन तथा प्रणालिगत सुधारमा ७५० वटा स्थानीय तहमा कार्यक्रम विस्तारका साथै ३५० वटा स्थानीय तहबाट ३८२ वटा स्थानीय तहका स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु रहेको बोर्डले जनाएको छ ।

थप समाचार