Below Menu
Below Menu

शुभम पावरकाे लकइन पिरियड माघ २६ गते सकिने, सवा १४ लाख कित्ता शेयर थपिदै

शुभम पावरकाे लकइन पिरियड माघ २६ गते सकिने, सवा १४ लाख कित्ता शेयर थपिदै

काठमाडौं : शुभम पावर कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ २६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १४ लाख ३१ हजार ३० कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले १४ लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १९ हजार ४२० कित्ता कर्मचारीहरुका लागि र ११ हजार ६१० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार