काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.५९ बढेर २६४०.५४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.३५ घटेर २६३५.९४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब १७ करोड ५० लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड छ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सान्भि इनर्जी कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ८.१६ प्रतिशतले बढेको हो । आज सुपरमादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३.९० प्रतिशतले घटेको छ ।
Advertisment