Below Menu
Below Menu

प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित

प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित

काठमाडौं : संयुक्त राष्ट्र संघीय महासभाले प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ र २०२५ को सफलतासँगै यसको भूमिकालाई थप प्रोत्साहित गर्न प्रत्येक दशकमा विश्वभर अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउनुपर्ने प्रस्ताव महासभामा प्रस्तुत गरिएको थियो ।

सहकारी उद्यममार्फत सामाजिक आर्थिक उत्थान सम्भव भएको निष्कर्ष उक्त प्रस्तावमा गरिएको अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले जनाएको छ । उक्त प्रस्ताव गर्त अंग्रेजी वर्ष २०२५ को डिसेम्बर १५ मा स्वीकार गरिएपनि हालै मात्र उक्त जानकारी राष्ट्र संघको वेबसाइटमा प्रकाशित गरिएको छ ।

सामाजिक विकासमा सहकारी विषयक राष्ट्र संघीय प्रस्ताव Resolution A/RES/80/182 ले खाद्य सुरक्षा, लैङ्गिक समानता, गरिबी निवारण लगायतमा सहकारीको भूमिका रहेको विषयलाई पुनः जोड दिदैं त्यसको अनुमादेन गरेको हो । आर्थिक तथा सामाजिक विकासमा सहकारीको प्रवर्धनात्मक भूमिका रहेको निष्कर्षसहितको प्रस्ताव साधारण सभाले स्वीकार गरेको हो ।

यसैबीच, आईसीएका अध्यक्ष एरियल ग्वार्कोले प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउनुपर्ने राष्ट्र संघीय प्रस्तावले सन् २०२५ पछि पनि सहकारी अभियानलाई नवीन आशा सञ्चार गरेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

Advertisment

थप समाचार